अधुरा आयोजनाहरू निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अधुरा आयोजनाहरू निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री खड्काले बुढीगण्डकी जलविद्युत आयोजना लगायतका अधुरा आयोजना निर्माण सम्पन्न गर्नेगरी अघि बढेको बताए । उनले रानी जमरा कुलरीया सिँचाइ प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठुलो सिँचाइ प्रणाली भएको बताए ।
मन्त्री खड्काले उक्त आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत र भौतिक प्रगति ७४.३६ प्रतिशत भएको बताए । उनले उक्त आयोजनामा हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको बताए । उनले यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन भर्खरै सम्पन्न भएको भन्दै सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका काम भइरहेको बताए । उनले पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिँचाइ गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिँचाइ गर्ने भनिएको बताए ।
मन्त्री खड्काले लामो समयदेखि बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्न सक्दा थन्किएर बसेको बताए । उनले ४३ अर्बभन्दा बढी लगानी भएको आयोजना रुग्ण भएर बसेको भन्दै सरकारको अधुरा आयोजनाहरू सम्पन्न गर्ने लक्ष्यमा रहेको बताए । उनले यो आयोजना बन्दै गर्दा बारा पर्साको सिँचाइको समस्या समाधान हुने बताए । उनले वर्तमान सरकारका मन्त्रीमण्डलमा कुनै पनि विवाद र प्रश्न नहुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण