पलेशालाई आज नगर परिक्रमा गराइने
काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा आज विशेष नगर परिक्रमा कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा कार्यक्रमको आयोजना गरेको हो ।
पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
यो पदकले नेपाली खेलकुदमा नयाँ इतिहास कायम गरेको छ । पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन् ।
आज बिहान ८ बजे पलेशा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
उनलाई विमानस्थलमै भव्य स्वागत गरिनेछ, जसमा राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । पलेशालाई विमानस्थलमा स्वागत गरेपछि बिहान साढे ८ बजेबाट नगर परिक्रमा सुरु गरिनेछ ।
नगर परिक्रमाको रुट विशेष रूपमा तयार पारिएको छ । यो रुट विमानस्थलबाट सुरु भई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिनेछ । नगर परिक्रमाको समयमा पलेशालाई नेपाली झन्डा सहितको विशेष गाडीमा सवार गराइने छ ।
नगर परिक्रमाको अन्त्यमा राखेपको प्राङ्गणमा विशेष सम्मान कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरू, पदाधिकारीहरू, खेलाडीहरू, र उनका प्रशिक्षकहरूको उपस्थिति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण