बाढीले वितण्डा मच्चाएपछि उत्तर कोरियामा ३० अधिकारीलाई फाँसी
प्योङयाङ । उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन । अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन ।
कहिलेकाहीँ त मान्छेले आफूले नगरेको गल्तीका लागि समेत कठोर सजाय पाउँछ । उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको विभिन्न सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
बाढीले गरेको विनाश रोक्न नसक्नु नै उनीहरूको अक्षम्य गल्ती भयो । तर ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको छ । बाढीका कारण भएको विनाश देखेर किम यसरी भड्किए कि उनले ३० जना अधिकारीलाई एकै ठाउँमा झुन्ड्याए ।
न्यूयोर्क पोस्टमा छापिएको खबरअनुसार किमले बाढी प्रभावित क्षेत्रको भ्रमण पनि गरेका थिए । बाढीको वितण्डा देखेर उनी रिसले आगो भए ।
बाढीमा परेर ४ हजार मानिसको ज्यान गएपछि उनी दुःखी बनेका थिए । बाढीमा लापरबाही गरेको आरोपमा किमले तत्कालै ३० जना अधिकारीलाई फाँसी दिए । तर, हालसम्म उत्तर कोरियाले मृत्युदण्डको सजाय सुनाएको पुष्टि भने भएको छैन ।
न्युयोर्क पोस्टको रिपोर्टका अनुसार उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किमले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको बताएको थियो । यो बाढीमा झण्डै ४ हजार मानिसले ज्यान गुमाएका थिए भने १५ हजारभन्दा बढी घरबारविहीन भएका थिए ।
उत्तर कोरियामा फाँसी दिइएका अधिकारीहरूको पहिचान खुलाइएको छैन । तर केही समाचारका अनुसार बाढी प्रकोपको समयमा आपत्कालीन बैठकमा बर्खास्त गरिएका अधिकारीहरूमा चागाङ्ग प्रान्तको प्रान्तको पार्टी समितिका सचिव काङ बोङ–हुन पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण