पलेशा र प्रशिक्षक कविराज काठमाडौँ महानगरपालिकाद्वरा नगदसहित सम्मानित
काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
पलेशासहितको नेपाली खेल टोली बुधबार नै पेरिसबाट नेपाल फर्किएको हो । पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि महानगरपालिकाले नगदसहित सम्मान गरेको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोललगायतले पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गरे ।
महानगरपालिकाले पलेशालाई पाँच लाख रुपैयाँ र प्रशिक्षक कविराजलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक भव्य कार्यक्रमबिच पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गरेको थियो । पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन् ।
पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ समूहअन्तर्गत महिला ५७ केजीभन्दा मुनिको तौल समूहमा कांस्य पदक जितेकी हुन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनले सर्वियन प्रतिद्वन्द्वीलाई हराएकी थिइन् । ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको यो नै पहिलो पदक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण