पलेशा र प्रशिक्षक कविराज काठमाडौँ महानगरपालिकाद्वरा नगदसहित सम्मानित
_cxRzbkjsrU.jpg)
काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
पलेशासहितको नेपाली खेल टोली बुधबार नै पेरिसबाट नेपाल फर्किएको हो । पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि महानगरपालिकाले नगदसहित सम्मान गरेको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोललगायतले पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गरे ।
महानगरपालिकाले पलेशालाई पाँच लाख रुपैयाँ र प्रशिक्षक कविराजलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक भव्य कार्यक्रमबिच पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गरेको थियो । पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन् ।
पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ समूहअन्तर्गत महिला ५७ केजीभन्दा मुनिको तौल समूहमा कांस्य पदक जितेकी हुन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनले सर्वियन प्रतिद्वन्द्वीलाई हराएकी थिइन् । ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको यो नै पहिलो पदक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?
-
छिमेकीबिच तनाव भएको बेला सरकारलाई कूटनीतिक जिम्मेवारी बोध गर्न साउदको माग
-
विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग