जसपा अशोक राई समूहले झापा, मोरङ र सुनसरीलाई कोचिला प्रदेश बनाउन आन्दोलन गर्ने
बुधबार, १९ भदौ २०८१, १६ : २१
विराटनगर । जसपा अशोक राई समूहले झापा, मोरङ र सुनसरीलाई कोचिला राष्ट्रिय समिति बनाउने भएको छ । जसपा अशोक राई समूहका कोशी प्रदेश सचिव तथा झापा, मोरङ, सुनसरी जिल्लाका इन्चार्ज दुर्गा सुवेदीले उक्त जानकारी दिएका हुन् ।
उनले पहिचानको आन्दोलनलाई निरन्तरता दिने र प्रदेश १ को नाम खारेजीको माग गर्दै आन्दोलन पनि गर्ने जनाए । यस्तै कोशी प्रदेश भित्रका वडा, पालिका, जिल्ला र झापा, मोरङ, सुनसरी राष्ट्रिय समितिहरू भदौको अन्त्यसम्म गठन तथा रूपान्तर गरिसक्ने सुवेदीले जनाए ।
यस्तै भदौ २२ गते प्रदेशस्तरीय महिला, विद्यार्थी, युवा भेला इटहरीमा आयोजना गरिएको उनले बताए । उपेन्द्र यादव नेतृत्वको जसपाबाट गत वैशाख २४ गते विभाजन भएपछि राई समूहले सङ्गठन विस्तारलाई तीव्रता दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण