त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो ।
२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूलाई फाराम भर्न भनेको हो । भाद्र २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनेको हो । असोज २४ गतेदेखि अनलाइन आवेदन फाराम बन्द हुनेछ ।
आवेदन फारम भर्दा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्स्कृप्टको स्क्यान कपी अपलोड गर्नुपर्ने छ । अनलाइनबाट आवेदन सबमिट गर्दा प्राप्त सम्पूर्ण पीडीएफहरु डाउनलोड गरेर सुरक्षित राख्नुपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)