फिलिपिन्सको आकाशमा जल्यो सानो क्षुद्रग्रह
मनिला । फिलिपिन्सको आकाशमा बुधवार बिहान अग्निपिण्ड जस्तो वस्तु जलेको देखियो । यो एउटा क्षुद्रग्रह भएको र पृथ्वीको कक्षभित्र छिरेपछि जलेर नष्ट भएको बताइएको छ ।
सो क्षुद्रग्रह झन्डै एक मिटर (३ फूट)को भएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । युरोपको स्ट्यान्डर्ड समयअनुसार दिउँसो १२ः३९ मा सो क्षुद्रग्रह जलेको युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)ले पनि भनेको छ ।
बुधवार बिहान अमेरिकी क्याटालिना स्काई सर्भेले सो वस्तु फेला पारेको थियो । सुरुमा यसलाई सीएक्यूटीडीएल२ भनियो । तर पछि यसलाई २०२४ आरडब्ल्यू१ नाम दिइयो । हरेक दुई हप्तामा एक पटक करीब १ मिटर आकारका क्षुद्रग्रह पृथ्वीतिर झर्छन् । तर पृथ्वी नजिक देख्ने गरी यिनीहरू बिरलै झर्छन् ।
जल्नु अघि नै मानवजातिले देखेको यो नवौँ क्षुद्रग्रह भएको ईएसएले माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा भनेको छ । पृथ्वीको कक्षमा छिर्ने बित्तिकै जल्ने भएकोले यी वस्तुहरूले हानिरहित भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण