१२ अंकले घट्यो नेप्से परिसूचक, ५ दिनमा २२ अंकको गिरावट
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२ अंकले घटेको छ ।
२७४० बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७२७ बिन्दुमा पुगेर कारोबार रोकिएको हो । बिहीबार परिसूचक २७५९ बिन्दुसम्म उक्लिएको थियो । बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । ३१६ कम्पनीको २ करोड १ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४० करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यो साताको ५ दिन सेयर बजारमा तीव्र उतारचढाव देखियो । हिजो बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेको छ । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भने बजारमा भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो । त्यसअघि आइतबार ५३.६३ अंकले बजार घटेको थियो ।
अघिल्लो साताको बिहीबार परिसूचक २७४९ बिन्दुमा थियो । यो साता २२ अंकले घट्दै २७२७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । कारोबार रकम पनि यो उल्लेख्य बढ्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण