जापानको टोकियो सहरमा ‘गरिमा फिल्म म्युजिक अवार्ड’ हुने
काठमाडौँ । जापानको टोकियो सहरमा ‘गरिमा फिल्म म्युजिक अवार्ड २०२५’ हुने भएको छ । आयोजक गरिमा फिल्मस्ले एक विज्ञप्ति जारी गर्दै अवार्ड २०२५ जनवरी १२ देखि १७ सम्म आयोजना हुने जानकारी दियो ।
नेपाली गीतसंगीतको विकास, विस्तार र प्रवर्द्धनका लागि हुन लागेको अवार्ड एक भव्य समारोहका बिच आयोजना हुनेछ । अवार्डका लागि नेपालबाट चर्चित दुई दर्जन कलाकार जापान पुग्नेछन् । जापान रहेका र अन्य देशबाट पनि कार्यक्रममा कलाकार सहभागी हुनेछन् ।
सन् २०२४ भित्र सार्वजनिक भएका लोक, पप, आधुनिक, राष्ट्रिय लगायत विभिन्न गीतसङ्गीतले अवार्डमा सहभागिता जनाउन सक्नेछन् ।
गायक, गायिका, मोडल, शब्द, सङ्गीत, भिडियो निर्देशन, सम्पादनलगायत थुप्रै विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डले नेपाली गीतसङ्गीतको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने आयोजक गरिमा फिल्मस् प्राली प्रमुख गीतकार गोविन्द भट्टले जानकारी दिए ।
अवार्डको विस्तृत जानकारी र निर्णायक मण्डल केही पछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण