जटिल स्वास्थ्य समस्यासँग जुझ्दै मन्त्रालय हाँक्दै लक्ष्मणकिशोर, मृर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी
धनगढी । सुदूरपश्चिम प्रदेशमा यतिबेला बजेट निर्माणको चटारो छ । भदौ २५ गतेभित्र चालू आवको बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको छ । अन्य मन्त्रालय जस्तै प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भदौ १९ गते पहिले वार्षिक कार्यक्रम प्रविष्टीको काम सकाएको छ ।
मन्त्री लक्ष्मणकिशोर चौधरी नेतृत्वको सो मन्त्रालयले प्रदेश सरकारले तोकेको डेटलाइनभित्र बजेटको कार्य सकेको हो । यसैबिच मन्त्री चौधरी आफ्नो स्वास्थ्य समस्यालाई पन्छाउँदै कार्य सम्पादनमा समर्पित छन् ।
दुबै मृर्गौला काम गर्न छोडेपछि उनीमाथि एकातिर जटिल स्वास्थ्य समस्या छ अर्कोतिर जनताले दिएको जिम्मेवारी अगाडि छ ।
मन्त्री चौधरीले रातोपाटीसँग भने, ‘मेरो नियमित डायलसिस नै हुन्छ, हप्ताको तीन पटक । यो बजेट निर्माण गर्नुभन्दा पहिले मृर्गौला ट्रान्सपलान्टको तयारीमा थिएँ । पछि मन्त्रालयको जिम्मेवारीसँगै बजेट निर्माणका कार्य प्रारम्भ भएपछि यसैमा लागेको छु । अब सरकारको नयाँ बजेट आइसकेपछि ट्रान्सपलान्ट गर्न जाने तयारीमा छु ।’
उसो त उनको यो समस्या अहिलेको भने होइन । अभिनयसँगै राजनीतिमा होमिएका उनी २०६४–०६५ ताका थारु भाषाको ‘भुइचाल’ निर्माणको क्रममा मृर्गौलामा समस्या देखिएको स्मरण गर्छन् ।
पछिल्लो पटक भने उनीमा यहि गएको जेठ २० गते मृर्गौलामा जटिल समस्या देखियो । उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका छन् भने यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालका साथै नवजीवन अस्पतालमा डायलसिस गराउँदै आएका छन् ।
उनको २ पटक मृर्गौलाको अप्रेसन भइसकेको छ । पहिलो पटक २०६५ मा अप्रेसन हुँदा उनलाई आफ्नै आमा सुरतकुमारी थरुनीले आफ्नो एउटा मृर्गौला दिएकी थिइन् । ०७२ मा अप्रेसन हुँदा उनकी कान्छी बहिनी असर्फी चौधरीले आफ्नो मिर्गौला दिइ जीवनदान दिएका थिए । पछिल्लो समय पनि मृर्गौलाले काम गर्न छोडेपछि उनी पुनः मृर्गौला ट्रन्सप्लान्टको तयारीमा जुटेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ (२) बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीको यो मन्त्रीको दोस्रो कार्यकाल हो । यसअघि उनी सामाजिक विकास मन्त्री भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण