आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भयो : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री खड्काले अहिले दुई ठुला राजनीतिक दलहरूको सरकार रहेको भन्दै नागरिकहरूले पनि विश्वासका साथ लिइरहेको बताए । उनले अहिलेको सकरकारलाई आर्थिक हिसाबले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताए । वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । धेरै कम्पनीहरूलाई एकै ठाउँ राखेर मुलुकको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताए । उनले सरकारको साही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने बताए ।
उनले भने, ‘ मुलुकको आवश्यकता हामी २८ हजार ५ सय मेगावाट १० वर्षमा विद्युत उत्पादन गर्ने, २० हजार विक्री गर्ने, आन्तरिक खपत बढाउने जुन प्रयत्नमा लागेका छौँ, यस्ता इलेक्ट्रोनिक चिजहरुले यहाँ धेरै कुरा देखेँ । ट्रान्सफर्मर, ट्रान्समिसन लाइन बनाउने कुरादेखि, घरमा उपभोग्य वस्तुहरूको विषयदेखि यी यस्ता घरायसी उपभोग्य वस्तुहरूले हामीलाई आन्तरिक खपत बढाउने सरकारको लक्ष्य जुन छ, त्यसलाई सहयोग पुग्नेछ ।’
मन्त्री खड्काले यस्ता मेलाले विद्युतको आन्तरिक खपत बढाउने र घरायसी कामका लागि पनि समय बचत हुने विश्वास व्यक्त गरे । सरकारले विभिन्न नीति नियमहरूको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा झनै सहज र सरल हुने प्रतिबद्धता उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण