नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन ईपीजी प्रतिवेदनलाई अघि बढाउनुपर्छ : अधिकारी
काठमाडौँ । कानुनविद् डा. विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाइ गर्न नहुने बताएका छन् । दुई मुलुकबिचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने काममा ढिलाइ गर्न नहुने उनको भनाई थियो ।
सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इन्डिया कोअपरेशन’ को समीक्षात्मक टिप्पणी गर्दै कानुनविद् अधिकारीले नेपालको जलस्रोतलाई दुई मुलुकबिचको भूराजनीतिको विषय बनाउन नहुने पनि उल्लेख गरे । कानुनविद् अधिकारीले भन्नुभयो, (‘नेपाल भारतीबिचको अनइक्वायल रिलेसन छ । हो, त्यसलाई सम्बोधन गर्नै पर्छ । यो जुन हाम्रो ईपीजीको कुरा छ । यसलाई पनि टुङ्ग्याउनु पर्छ । र वाटरलाई जियोपोलिटिकल टुलका रूपमा प्रयोग गर्नु हुँदैन । अब यति कुरा भयो भने हाम्रो सम्बन्धमा देखिएका इरिटेशनहरु बाँकी रहँदैन । यो त चुट्की बजाएर सबै समाधान हुन्छन् ।’
कानुनविद् अधिकारीले नेपालले विगतमा पनि भारतसँग कमजोर ढङ्गले प्रस्तुत हुँदा विगतमा भएका असमान खालको सन्धि सम्झौता पुनरावलोकन हुन नसकेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण