सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको निष्कर्ष, दुई जना पक्राउ
आइतबार, २३ भदौ २०८१, ११ : ४३
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा भदौ २० मा एक जना महिला मृत फेला परिन् । करिब ३५ वर्षीया महिलाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनको पहिचान खुलेको छैन । हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरू पुरुष हुन् । हत्यापछि उनीहरुले सुन्दरीजलस्थित बागमतीको किनारमा ढुङ्गाको चेपमा शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण