दुर्घटना बढी हुने ठाउँहरूमा ट्रमा सेन्टर बनाउँछौँ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरूमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले धेरै सडक दुर्घटना भइरहेका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरूसँग पनि छलफल भइरहेको बताए । उनले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरूले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताए । उनले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानुनहरू नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानून बनाउने गरी अघि बढिरहेको पनि बताए ।
उनले भने, ‘हाम्रो तयारी विभिन्न एक्सिडेण्ट भइरहने ठाउँहरूमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ । अरू मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । छिटो रेस्क्यु नहुँदा मान्छेको मृत्यु भएको गुनासो छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी गम्भीर छौँ । खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ ।’
मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गरे । खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरू लागेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल