२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २५ अंकले घटेको छ । २७३२ बिन्दुबाट सुरु भएको कारोबार आज उच्च अंक २७७० सम्म पुगेको थियो । त्यसपछि उतारचढाव हुँदै २७०१.९० बिन्दुमा आएर कारोबार बन्द भएको छ ।
आज १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज माहुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकमका हिसाबले सीईडीबी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको सबैभन्दा धेरै ४२ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आइतबार लघुवित्त उपसमूहको सूचक १.२१ प्रतिशत, उत्पादनको ०.५० र सामूहिक लगानी कोष उपसमूहको सूचक ०.२२ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण