युक्रेनको नोवोरोडिभ्का नगर रुसी कब्जामा
मस्को । रुसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रुसी सेना रणनीतिक सहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ ।
सेनाले पोक्रोभ्स्क सहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने ‘नोवोरोडिभ्का क्षेत्रलाई ‘मुक्त गराएको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसी आक्रमण सुरु हुनुअघि यस नगरका १४ हजारभन्दा बढी बासिन्दा रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
रुसी सैनिकहरू अब रसदका लागि महत्त्वपूर्ण मानिने पोक्रोभ्स्कको नजिकै अघि बढिरहेका छन् ।
अगष्ट ६ मा कुस्र्क क्षेत्रमा युक्रेनले अचानक सीमापार आक्रमण गरे तापनि मस्कोले डोनेट्स्कमा निरन्तर आफ्नो पकड जमाइराखेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० महिना लामो युद्धपछि आफ्नो मुख्य उद्देश्य डोनेट्स्कसहित पूर्वी डोनबास क्षेत्र कब्जा गर्नु रहेको बताए । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण