नदीमा डुबेर एक किशोरी बेपत्ता
आइतबार, २३ भदौ २०८१, १८ : ४९
कैलाली । कैलालीको खुटिया नदीमा डुबेर आज एक किशोरी बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१४ जी गाउँ बस्ने १६ वर्षीया जेनिशा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए । उनकानुसार धनगढी उपमहानगरपालिका–१५ र ७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।
प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिएको थियो भने जेनिशा भने बेपत्ता भएकी छन् । सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिशाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी श्रेष्ठ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गर्न १५ दिने अल्टिमेटम
-
कागजी र कानुनी न्यायमात्र पर्याप्त हुँदैन, सामाजिक दृष्टिकोण र संस्कृति बदल्नुपर्छः देवी खड्का
-
तस्बिरमा हेर्नुहोस्, पेसागत सञ्जालको ऐक्यबद्धता ऱ्याली
-
दक्षिण कोरियाका पूर्वरक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण