आयुर्वेद चिकित्सालाई स्तरीय बनाउनु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने बताएका छन् ।
कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, ‘यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ ।’ यसका लागि अध्ययन कार्यदल गठन गरिएको भन्दै उनले कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम सुरु गर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गर्ने बताए । आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, आयुर्वेदिक चिकित्सा र नयाँ चिकित्सा प्रणालीलाई जोडेर सेवा दिन सक्ने सम्भावनाको समेत खोजी गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मानव तस्करीको नयाँ ‘ट्रेन्ड’ भिजिट भिसा : सेटिङ मिले विदेश, नमिले घर फिर्ता
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई