आयुर्वेद चिकित्सालाई स्तरीय बनाउनु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने बताएका छन् ।
कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, ‘यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ ।’ यसका लागि अध्ययन कार्यदल गठन गरिएको भन्दै उनले कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम सुरु गर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गर्ने बताए । आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, आयुर्वेदिक चिकित्सा र नयाँ चिकित्सा प्रणालीलाई जोडेर सेवा दिन सक्ने सम्भावनाको समेत खोजी गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण