ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु
आइतबार, २३ भदौ २०८१, २१ : ४५
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटार गाउँमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौ वर्षीया जियासिंह महतो रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । तीन साथीसँग साइकलमा जनता आधारभूत विद्यालय इँटाटार जाने क्रममा तीव्र गतिमा आएको ज२त २० नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । जियासिंह कक्षा ३ मा अध्ययनरत थिइन् ।
सोही घटनामा परेर अन्य दुई बालिका सामान्य घाइते भएका छन् । घाइते हुनेमा गौशाला–३ इटाटारका १२ वर्षीय सुरज महतो र ६ वर्षीया हंसिका महतो रहेका छन् । ठक्कर दिएर फरार भएका ट्याक्टर चालक प्रेमचन्द्र महतोलाई गौशालाबाट पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण