अध्यक्ष नेपालले भने– कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन् ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारेका हुन् । उनले आफू पार्टी अध्यक्षको रूपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताए ।
अध्यक्ष नेपालले निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरू हार्ने र नाम नपरेकाहरू जित्ने परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको बताए । उनले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रस्ताव आफूले राखेको भएपनि सो सम्भव नभएको बताए । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उनले बताए ।
अध्यक्ष नेपालले उम्मेदवारहरूले नै आफूलाई तटस्थ बस्न आग्रह गरेको भन्दै सोही अनुरूप आफू तटस्थ बसेको उल्लेख गरे ।
उनले भने, ‘प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट जित्ने हो । मन जित्न सक्नुपर्यो । मन जित्न नसक्ने हो भने त दोष लगाएर हुँदैन । भोटिङबाट टुंगो लगाएको त हो नि । के मान्छेले भोटिङ लोभ, लालचले गरेको हो त ? डर, त्रासले गरेको हो त ? डर त्रासले होइन होला । भोटिङको सबै पक्ष हेर्नुहुन्छ भने चिटमा नाम भएका मान्छे हारेका छन् । नाम नै नभएका मान्छे जितेका छन् । चिटले त जिताएको रहेनछ । चिटमा नाम भएका मान्छे हारेका छन् फेरि ।’
अध्यक्ष नेपालले सार्वजनिक रूपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरूलाई छुट दिन नसकिने बताए । उनले सार्वजनिक रूपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताए । उनले पार्टीप्रति बफादार नभएको मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ भनि प्रश्न समेत गरे । उनले पार्टीमा असन्तुष्ट नेताहरूलाई फकाइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण