चर्चित हलिउड अभिनेता जेम्स अर्ल जोन्सको निधन
लस एञ्जलस । हलिउडका चर्चित अभिनेता तथा भ्वाइस आर्टिष्ट जेम्स अर्ल जोन्सको निधन भएको छ । ९३ वर्षको उमेरमा सोमबार जेम्सको निधन भएको हो । उनी आफ्नो सशक्त आवाजका लागि प्रसिद्ध थिए । उनले डार्थ भाडर र मुफासा जस्ता लोकप्रिय पात्रहरूलाई आफ्नो आवाज पनि दिएका थिए ।
सोमबार बिहान जोन्सको निधन भएको उनको एजेन्ट बेरी म्याकफेर्सनले भनेका छन् । जोन्सले फिल्ड अफ ड्रिम्स, कमिङ टू अमेरिका, कोनन द बार्बेरियन र लायन किंग लगायत दर्जनौँ फिल्ममा काम गरेका छन् ।
स्टार वार्सका सुपरभिलेन डार्थ भाडरको लागि दिएको आवाजका लागि उनी बढी चर्चित छन् । स्टार वार्समा भाडरको छोरा ल्यूक स्काईवाकरको भूमिका निर्वाह गरेका मार्क हमिलले आफ्नो इन्ष्टाग्राममा ‘रिप ड्याड’ क्याप्शन लेखेर एउटा पोस्ट गरेका छन् ।
आफ्नो अभिनय करियरमा जोन्सले तीन वटा टोनी अवार्डसमेत दुई वटा एमी र एउटा ग्रामी पनि जितेका थिए । सन् २०११ मा ओस्करले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित गरेको थियो । उनको मृत्युको खबरपछि एक पछि अर्को गर्दै हलिउड कलाकारहरूले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण