१६ वर्षको सेवापछि बुद्ध एयरले थन्क्यायो एटिआर ४२ जहाज (तस्बिरहरु)
मङ्गलबार, २५ भदौ २०८१, १३ : २६
काठमाडौँ । निजी क्षेत्रको एक नम्बर हवाइ सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) अब नउडाउने भएको छ ।
१६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको बुद्ध एयरले मंगलबार जनाएको छ । मंलबार नै उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका थिए ।
७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई उडाउन बन्द गरिएको जनाइएको छ ।
नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको थियो । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो ।
सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार पनि थन्क्याउनुअघि बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो ।
_8xaqvzjttT.jpg)
_r01Pyjk7gs.jpg)
_gs0BKPn0sM.jpg)
_WGQH9mCm41.jpg)
_6l5kMQv2EE.jpg)
_u4WvhDDqYb.jpg)
_VR0BmzWhd9.jpg)
_Rul2gh0DdD.jpg)
_aaXVKmXF9J.jpg)
_e0RhivIdch.jpg)
_GmRNBkWZYR.jpg)
_tPvyYhNn7D.jpg)
_P60E383Ne2.jpg)
_nnAMdAlXHy.jpg)
_DCuQbCIK3s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण