विराटनगर कृषि एक्स्पाे हुँदै
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकाे आयोजनामा प्रदेशमै पहिलो पटक भदौ २७ देखि ३० गते सम्म कृषि एक्स्पो हुने भएको छ ।
कटहरी कृषि थोक बजारमा हुने उक्त एक्स्पाेकाे सम्पूर्ण तयारी पूरा भएको उद्योग वाणिज्य महासंघ काेशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढी हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनको दाबी छ ।
उक्त एक्स्पाेमा नविनतम् औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपक्षि प्रदर्शनी, पर्यावरण-मैत्री ज्ञान, शिप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनार कार्यक्रम, नयाँ नयाँ अनुसन्धान र परियोजनाहरूको प्रस्तुति हुनेछ । यस्तै बजार तथा व्यापारका अवसरहरू, पशुपक्षी तथा कृषि उपज प्रतियोगिता, खेत देखी भान्साको अनुभव तथा फुड फेस्टिभल एवं जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको पनि व्यवस्था रहने राउतले जानकारी दिए । एक्स्पो हुने स्थानमा जम्मा ५ वटा ब्लक छुटयाइएको छ । जसमा ए मा पशुपक्षी, विमा कृषि, सि मा मेशिनरी डि मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करीव १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने जनाइएको छ ।
उक्त एक्स्पाे संचालन गर्न १ कराेड खर्च हुने अनुमान आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण