भारतमा पनि भेटियो मंकीपक्स
नयाँ दिल्ली । भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ । हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका थिए । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ ।
आइसोलेसनमा राखेर अहिले बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ अनि उनमा अन्य कुनै रोग देखिएको छैन । उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेड २ भ्यारिएन्टको भएको स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।
एमपक्सको सङ्क्रमण पुष्टि भएपछि भारतले सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशका लागि एड्भाइजरी जारी गरेको छ । कंगोमा एमपक्सको नयाँ भ्यारिएन्ट देखिएको अनि सङ्क्रमण बढेको स्थितिमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अगष्ट १४ मा एमपक्सलाई उच्च अलर्टमा राखेको थियो । यसको अर्थ यसमाथि तत्कालै ध्यान दिन जरुरी छ भन्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण