आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान
मङ्गलबार, २५ भदौ २०८१, १६ : १२
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।
बुधबारदेखि नयाँ दिल्लीमा सुरु हुने एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रूपमा आयोजना गर्न लागेका हुनु ।
एसिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण