यसरी गरिँदैछ इन्द्रजात्राको तयारी
काठमाडौँ । अर्को साता सुरु हुने इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा कुमारी, भैरव र गणेशको रथ निर्माण भइरहेको छ । रङरोगन गरेर चिटिक्क पारिएको वसन्तपुर क्षेत्रमा अहिले रथ निर्माणको काम चलिरहेको हो । काठको रथका विभिन्न भागहरू फेर्नुपर्ने भएकाले त्यसको काम पनि अघि बढिरहेको छ ।
_Xs9DGrADyM.jpg)
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
_CJZsdIxZQx.jpg)
लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ ।
_HwAgC1zgOf.jpg)
इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धूमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ ।
_1b6xLhsA7E.jpg)
यही भदौ २६ गते बुधवारको दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइने छ । भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिने छ भने असोज १ गते मंगलबार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ ।
_9rCHUILW8U.jpg)
असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।
_KtmTa3hM3R.jpg)
_AppLfGm4RB.jpg)
_9nkhswx3pM.jpg)
_e79JBx9d6w.jpg)
_ZEpZJIYwHQ.jpg)
_J6R4t6Odgp.jpg)
_oApEYzfGz9.jpg)
_hD2OrG4iGF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण