प्रजातन्त्र कमजोर भयो भने तानाशाही प्रवृत्ति हाबी हुन्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानाशाही प्रवृत्ति हाबी हुने बताएका छन् । प्रजातान्त्रिक समाजवाद नहुँदा तानाशाहहरु जन्मिने उनको भनाइ थियो ।
मंगलबार नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यकता भएको औँल्याए ।
‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानाशाहवाद हुन्छ । प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो । त्यस कारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’उनले भने ।
सभापति देउवाले बीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समय अनुसार परिवर्तन हुनसक्ने नेताका रूपमा चित्रण गरे । ‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गाह्रो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ । उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धति र समाजवादलगायतका धेरै कुराहरूलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई बीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उनले भने ।
कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलालगयत बीपीको विचार र आजको सन्दर्भमाथि धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण