कर्मचारीलाई टिकटक लगायतका सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने तयारीमा त्रिवि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीले कार्यालय समयभित्र टिकटक लगायतका सामाजिक सञ्जाल चलाउनमा रोक लाग्ने भएको छ । कार्यालय समयमा कर्मचारी टिकटक, फेसबुक, युट्युब लगायतमा व्यस्त हुने गुनासो आउन थालेपछि त्रिविले त्यसलाई नियन्त्रण गर्ने योजना अघि सारेको हो ।
यो विषयमा हाल कुनै निर्णय भने भइसकेको छैन । तर, त्रिवि रजिस्ट्रारको कार्यालयले छलफल अगाडि बढाएको छ ।
कर्मचारीहरू कार्यालय समयमा सोसल मिडियामा बढी व्यस्त हुने गरेको गुनासो आउन थालेपछि नियमन गर्ने विषयमा छलफल भइरहेको रजिष्ट्रार प्राडा केदार रिजालले बताए ।
विभागीय प्रमुखहरूलाई बोलाएर छलफल गरिएको छ । यस विषयमा विभागबाट थप सुझाव समेत माग गरिएको छ । नियमन गर्ने विषयमा निर्णय हुन सक्ने उनले बताए ।
सेवाग्राहीप्रति उत्तरदायी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यका साथ काम भइरहेको र त्यसका लागि सोसलमिडियाको नियमन पनि पर्ने उनको भनाइ छ ।
खाजा समय मात्रै खोल्ने र अन्य समयमा बन्द गर्ने विषयमा छलफल भइरहेको हो । त्यसका लागि विभागीय प्रमुखहरूबाट आवश्यक सुझाव आएपछि निर्णय गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण