ह्यारिस राष्ट्रपति बने दुई वर्षभित्रै इजरायलको अस्तित्व समाप्त हुनेछः ट्रम्प
वाशिङ्टन डीसी । अमेरिकामा कमला ह्यारिस राष्ट्रपति बनिन् भने २ वर्षभित्र इजरायलको अस्तित्व समाप्त हुनै चेतावनी डोनल्ड ट्रम्पले दिएका छन् । एबीसी न्यूजको प्रेसिडेंशियल डिबेटमा ह्यारिसले इजरायल–गाजा मुद्दामा आफ्नो पुरानो कुरा दोहोर्याएकी थिइन् ।
‘इजरायललाइ आफ्नो सुरक्षाको अधिकार छ, तर इजरायलले यो कसरी गरिरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ ।’ उनले भनेकी थिइन् । गाजामा जारी युद्ध तुरुन्तै समाप्त हुनुपर्ने भन्दै उनले युद्धविराम र दुई–राष्ट्रिय समाधानको पनि चर्चा गरेकी थिइन् । आफू राष्ट्रपति भएको भए गाजामा युद्धै नहने ट्रम्पले भनेका छन् ।
‘ह्यारिस इजरायललाई घृणा गर्छिन् । ह्यारिस राष्ट्रपति बनिन् भने इजरायल दुई वर्षमा अस्तित्वमा रहनेछैन ।’ ट्रम्पकौ जिकिर थियो । आफूलै छिटै यो समस्या छिट्टै समाधान गर्नेमा पनि उनले जोड दिए । आफू पुनः निर्वाचित भएमा रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने पनि उनले बताए ।
तर ह्यारिसले बारम्बार इजरायलको सुरक्षालाई समर्थन गर्ने दाबी गर्दै ट्रम्पको दावीलाई अस्वीकार गरेकी थिएन् । ट्रम्पले सत्यलाई विचलित र विभाजित गर्न चाहनै उनको भनाइ थियो । पेन्सिल्भेनियाको फिलाडेल्फियामा यो बहस सुरु हुनु अघि प्यालेस्टिनी समर्थकहरू भेला भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण