सभामुखको रुलिङः हिंसा शब्द असंसदीय हैन‚ रेकर्डबाट हटाउन पर्दैन
काठमाडौँ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध गरे ।
भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । त्यसपश्चात् सदन निरन्तर घोपेच चलेको थियो । त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।
त्यसपश्चात् प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरे । उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलनकाे व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै आपत्ति जनाए । ‘संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुने हो‚’ उनले प्रश्न गरे ।
त्यसपश्चात् बोल्दै एमाले सांसद रघुजी पन्तले सभामुखको रूलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गरे । त्यसपश्चात् पनि बोल्न पाउनुपर्ने विषय रेकर्डमा राख्न पाउनुपर्ने भन्दै माधव सापकोटाले समय मागेपछि सदन बैठकमा पक्ष विपक्षमा बहस भइहरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण