बैंकिङ प्रणालीको ४० अर्ब तान्दै राष्ट्र बैंक
बुधबार, २६ भदौ २०८१, १४ : २१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जाको माग सुस्त भएपछि बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तान्न लागेको हो ।
२१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रियामार्फत राष्ट्र बैंकले तरलता तान्ने जनाएको छ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १६ गते हुनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । बोलकबोलमा सहभागी हुन चाहने संस्थाले बुधबार आवेदन दिन पाउनेछन् । बिहीबार बिहान निष्कासनको घोषणा हुने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण