नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ : महेश बर्तौला

काठमाडौँ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाका सभामुखलाई नियमापत्तिमाथि निर्णय गर्ने अधिकार रहेको भन्दै हिंसा शब्दबारे सभामुखको निर्णयमा सभामुखमाथि नै आक्षेप लगाउनु दुःखद भएको बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेको हिंसा शब्द असंसदीय नभएको रुलिङ गरेका थिए । त्यसमा माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाउँदै सभामुखमाथि नै प्रश्न उठाएका थिए ।
‘नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखमा रहेको कानुनमै रहेको छ । सभामुखको चियरबाट जे निर्णय आयो त्यसमा सभामुखमाथि नै आक्षेप लगाउने गरी जसरी प्रस्तुति भयो यो दुःखद छ’, बर्तौलाले भने, ‘संसद्को इतिहासमा जे शब्द सभामुखप्रति प्रयोग गरेकोमा दुःख व्यक्त गर्छु । यस प्रकारका शब्द सम्बन्धित ध्यानाकर्षण गराउँछु ।’
बर्तौलाले सशस्त्र द्वन्द्वका क्रममा कतिपय घटनामा हिंसाका घटना समेत भएको भन्दै हिंसा र प्रतिहिंसा सबैले स्वीकारेको समेत बताए । सोही अनुसार दलहरूबिच सहमति गरेर विधेयक समेत पारित गरेको भन्दै देशलाई गलत दिशातिर लैजान नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु
-
संसद्को कारबाही जबरजस्ती अगाडि बढाउन खोजियो : अध्यक्ष लिङ्देन
-
संसद् बैठक : राप्रपाको बहिस्कार, रास्वपाको नाराबाजी
-
राना थारू समुदायबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल कोर्ट पुगेका अशोक
-
परिवार र आफन्तसँग अलविदा भन्दै सम्पर्कविहीन भए डा.केशव श्रेष्ठ