नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ : महेश बर्तौला
काठमाडौँ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाका सभामुखलाई नियमापत्तिमाथि निर्णय गर्ने अधिकार रहेको भन्दै हिंसा शब्दबारे सभामुखको निर्णयमा सभामुखमाथि नै आक्षेप लगाउनु दुःखद भएको बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेको हिंसा शब्द असंसदीय नभएको रुलिङ गरेका थिए । त्यसमा माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाउँदै सभामुखमाथि नै प्रश्न उठाएका थिए ।
‘नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखमा रहेको कानुनमै रहेको छ । सभामुखको चियरबाट जे निर्णय आयो त्यसमा सभामुखमाथि नै आक्षेप लगाउने गरी जसरी प्रस्तुति भयो यो दुःखद छ’, बर्तौलाले भने, ‘संसद्को इतिहासमा जे शब्द सभामुखप्रति प्रयोग गरेकोमा दुःख व्यक्त गर्छु । यस प्रकारका शब्द सम्बन्धित ध्यानाकर्षण गराउँछु ।’
बर्तौलाले सशस्त्र द्वन्द्वका क्रममा कतिपय घटनामा हिंसाका घटना समेत भएको भन्दै हिंसा र प्रतिहिंसा सबैले स्वीकारेको समेत बताए । सोही अनुसार दलहरूबिच सहमति गरेर विधेयक समेत पारित गरेको भन्दै देशलाई गलत दिशातिर लैजान नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण