नेपाल युथ समिटको प्रमुख वक्ता विनोद चौधरी
काठमाडौँ । भदौ २८ र २९ गते काठमाडौँमा हुन लागेको नेपाल युथ समिटमा व्यवसायी विनोद चौधरी प्रमुख वक्ताको रूपमा सहभागी हुने भएका छन् ।
राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा करिब ५ सय युवाको सहभागिता रहने संयोजक भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
समिटमा चौधरीसहित नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स मनोज ज्ञवाली, भरत ढकाल, उद्यमी विदुषी राणा र खेलाडी पलेशा गोवर्धन पनि वक्ताको रूपमा हुनेछन् ।
अभिनेता अनुप विक्रम शाही, अभिनेत्री निता ढुङ्गाना, उषा रजक, गायक रामजी खाण, गायिका टिका पुन, राधिका हमाल, सांसदहरू सोविता गौतम र मैना कार्कीको पनि वक्ताको रूपमा सहभागिता हुने जनाइएको छ ।
समिटले आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिकलगायत विषयमा विषयगत छलफल गरी साझा संकल्पसहितको सात बुँदे घोषणापत्र समेत जारी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण