संसदीय समितिको सभापतिमा भागबण्डा टुंगियो
विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसबिच कोशी प्रदेश सभा संसदीय समितिको सभापति तीन–तीन वटा लिने र एउटा माओवादीलाई दिने विषयमा सहमति भएको छ । बुधबार अबेर संसद् सचिवालयमा बसेको दुई पार्टीको बैठकले यस्तो सहमति गरेको हो ।
सहमति अनुसार माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ । एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको सभापति पाउने भएको छ । यस्तै कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति र सामाजिक विकास समितिको नेतृत्व पाउने भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
समितिको सभापति चयनका लागि २८ गतेको समयावधि तोकिएको छ । त्यसका लागि बिहीबार मनोनयन दर्ता गर्ने कार्यसूची तय भएको छ । कोशी प्रदेश सभाको दोस्रो कार्यकालको २१ महिनाको अवधि गुज्रन लागेपछि संसदीय समितिको सभापति चयन हुन लागेको हो । गत भदौ २४ गते प्रदेश सभा सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अम्बरबहादुर विष्टले उक्त मिति सार्वजनिक गरेका हुन् । दोस्रो प्रदेश सभाको कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि अर्थात् २०८० कार्तिक २२ गते ज्येष्ठ सदस्यले नेतृत्व गर्ने गरी समिति निर्माण भएको थियो ।
समितिको सभापति चयनको प्रक्रिया पुरा गर्न बुधबार बसेको प्रदेश सभा बैठकमा विषयगत समितिमा रहने सांसदहरूको नामावली पढेर सुनाइएको थियो । एउटा समितिको सभापतिमा राप्रपाले पनि दाबी गरेको थियो भने माओवादीले आफ्नो पार्टीलाई २ वटा सभापति दिनुपर्ने माग गरेको थियो । प्रदेश सभामा एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको सभामुखसहित ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण