भैंसीको सुन्दरीको पनि सुन्दरी प्रतियोगिता ! मिठुमाया दंग
इटहरी । नेपालको पहिलो भैंसी सुन्दरीको उपाधि हिरा नामको भैंसीलाई दिइएको छ ।
इटहरीमा आयोजना गरिएको भैंसी सुन्दरी प्रतियोगिता ३८ जना भैंसीलाई उछिन्दै मिठूमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि पाएको हो । आफ्नो भैंसीले उत्कृष्टको पुरस्कार पाउँदा मिठुमाया दंग छिन् ।
बातावरण तथा पर्याबरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा मिठूमायाको भैंसीका लागि ११ हजार रुपियाँ नगद सहित निःशु्ल्क बिमाको अवसर दिइएको छ ।
भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको चम्पा नामको भैसीललाई दोस्रो उपाधी सहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधी दाहालको काली नामकी भैसीलाई ५ हजार रुपियाँ पुरस्कार दिइयो ।
यस्तै किसान हरिप्रसाद नेपालको काली नाम गरेकै भैसीलाई ३५ सय रुपियाँ तथा पाँचौ हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामकै भेसीलाई २५ सय रुपियाँ नगद पुरस्कार दिइयो ।
प्रतियोगितामा बिजयी सबै भैसीको आयोजनकले बीमाको अवसर समेत उपलब्ध गराएको छ ।
प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्दैका भैसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले उत्कृष्ट भैंसीको छनोट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण