इजरायली हमलामा राष्ट्रसंघ अन्तर्गतका ६ कर्मचारी मारिए

काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको निकाय ‘युएनआरडब्ल्यूए’ले मध्य गाजामा भएको इजरायली हमलामा आफ्ना ६ जना कर्मचारी मारिएको जनाएको छ । मध्य गाजाको एउटा विद्यालयमा इजरायलले गरेको हवाई हमलामा आफ्ना कर्मचारी मारिएको ‘युएनआरडब्ल्यूए’ले जानकारी दिएको छ ।
गत अक्टोबरमा इजरायल र प्यालेस्टिनी लडाकु समूह ‘हमास’बिच युद्ध सुरु भए यता एउटै घटनामा यति ठुलो संख्यामा आफ्ना कर्मचारी मारिएको यो पहिलो पटक रहेको ‘युएनआरडब्ल्यूए’ले जनाएको छ ।
अस्पतालका अधिकारी तथा हमास सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार यसअघि नुसीरत शरणार्थी शिविरमा रहेको अल जाउनी स्कुलमा भएको हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । सो शरणार्थी शिविरमा हजारौँ विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् ।
इजरायली सेनाले स्कुलभित्र रहेर हमलाको योजना बनाइरहेका उग्रवादीमाथि आफूले सटिक निसाना लगाएर हमला गरेको जनाएको छ । हमलाका क्रममा नागरिकतर्फ हुने नोक्सान कम गर्न विशेष ध्यान दिइएको पनि इजरायली सेनाको दाबी छ । ‘युएनआरडब्ल्यूए’का अनुसार इजरायल र हमासबिच युद्ध सुरु भए यता सो स्कुलमा पाँच पटक इजरायली सेनाका तर्फबाट हमला भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस
-
ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या
-
झगडै झगडामा ढुङ्गाले टाउकोमा हानेर श्रीमतीको हत्या
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?