इजरायली हमलामा राष्ट्रसंघ अन्तर्गतका ६ कर्मचारी मारिए
काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको निकाय ‘युएनआरडब्ल्यूए’ले मध्य गाजामा भएको इजरायली हमलामा आफ्ना ६ जना कर्मचारी मारिएको जनाएको छ । मध्य गाजाको एउटा विद्यालयमा इजरायलले गरेको हवाई हमलामा आफ्ना कर्मचारी मारिएको ‘युएनआरडब्ल्यूए’ले जानकारी दिएको छ ।
गत अक्टोबरमा इजरायल र प्यालेस्टिनी लडाकु समूह ‘हमास’बिच युद्ध सुरु भए यता एउटै घटनामा यति ठुलो संख्यामा आफ्ना कर्मचारी मारिएको यो पहिलो पटक रहेको ‘युएनआरडब्ल्यूए’ले जनाएको छ ।
अस्पतालका अधिकारी तथा हमास सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार यसअघि नुसीरत शरणार्थी शिविरमा रहेको अल जाउनी स्कुलमा भएको हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । सो शरणार्थी शिविरमा हजारौँ विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् ।
इजरायली सेनाले स्कुलभित्र रहेर हमलाको योजना बनाइरहेका उग्रवादीमाथि आफूले सटिक निसाना लगाएर हमला गरेको जनाएको छ । हमलाका क्रममा नागरिकतर्फ हुने नोक्सान कम गर्न विशेष ध्यान दिइएको पनि इजरायली सेनाको दाबी छ । ‘युएनआरडब्ल्यूए’का अनुसार इजरायल र हमासबिच युद्ध सुरु भए यता सो स्कुलमा पाँच पटक इजरायली सेनाका तर्फबाट हमला भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण