एआईपीएस एसियासँग होटल एसोसिएसन अफ नेपाल र सीएमआरको सम्झौता
काठमाडौँ । इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन (एआईपीएस) एसिया र सीएमआर नेपालबिच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआईपीएस एसियाको २५औँ कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबिच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो ।
एआईपीएस एसियाका अध्यक्ष ही दोङ जुङ र सीएमआर नेपालका निर्देशक उज्ज्वल आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, सीएमआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा दुईवटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गर्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च आंशिक छात्रवृत्तिअन्तर्गत एआईपीएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्ने बताइएको छ ।
यसैगरी, एआईपीएस एसिया र होटल एसोसिएसन अफ नेपाल (हान) बिच पनि सम्झौता भएको छ । एआईपीएस एसियाको २५ औँ कंग्रेसको अवसरमा बिहीबार हान र एआईपीएस एसियाबिच सम्झौता भएको हो ।
हानका अध्यक्ष विनायक शाह र एआईपीएस एसियाका अध्यक्ष ही दोङ जेङले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार, एआईपीएस एसियाका एक हजारभन्दा बढी सदस्य पत्रकारले नेपाल भ्रमणमा आउँदा होटल सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । सोही अवसरमा हानले एआईपीएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावनादूतको रूपमा पनि नियुक्त गरेको छ ।
एआईपीएस एसियाको २५औँ कंग्रेस बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कंग्रेसको उद्घाटन गरेका थिए । कंग्रेसमा एसियाका ३२ राष्ट्रबाट करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । एआईपीएस एसिया कंग्रेसमा भाग लिन आएका प्रतिनिधिहरु शुक्रबार मञ्चद्वारा आयोजना गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पनि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण