माल्टामा राहदानी विभागबाट घुम्ती टोली पठाउन परराष्ट्रमन्त्रीलाई आग्रह
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले राहदानी विभागबाट घुम्ती टोली पठाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गरेको छ ।
अध्यक्ष रेमलाल खनाल (रेम्स)ले माल्टामा रहेका नेपालीहरूको राहदानी सम्बन्धी समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा पत्राचार गरेका हुन् ।
विशेष गरी, पासपोर्ट नवीकरण, नयाँ पासपोर्ट आवेदन र अन्य राहदानीसम्बन्धी सेवाहरूको लागि घुम्ती टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको खनालको भनाइ छ ।
‘माल्टामा रहेका नेपालीहरूका लागि राहदानी सेवामा सहजता र पहुँच सुनिश्चित गर्न, तपाईँको नेतृत्वमा राहदानी विभागबाट एक घुम्ती टोलीलाई नोभेम्बर महिनासम्म माल्टा पठाइदिनुहुन अनुरोध गर्दछौं’, पत्रमा भनिएको छ, ‘यसले यहाँ रहेका नेपाली समुदायलाई ठुलो राहत मिल्नेछ र उनीहरूको राहदानीसम्बन्धी समस्या छिटो समाधान हुनेछ।’
एनआरएनए माल्टाको तर्फबाट राखिएको यस विषयलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आवश्यक कदम विश्वास समेत पत्रमार्फत गरिएको छ ।
यस्तै परराष्ट्रमन्त्रीस्तरको गत साउन २ को निर्णय अनुसार हाल लन्डन दूतावासले हेरिरहेको माल्टालाई स्पेनको दूतावासले हेर्ने गरी निर्णय गरिनु स्वागतयोग्य भएको पनि पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण