मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षकविरुद्ध मुद्दा
काठमाडौँ । मुद्दा मिलाइदिन्छु भन्दै प्रतिवादीको परिवारसँग पैला लिने साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ ।
सुवेदीले साइबर अपराध मुद्दा मिलाई दिन्छु भनी प्रतिवादीका दाजुसँग ९९ हजार रुपैयाँ घुस लिएको उजुरी परेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सुवेदीले घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हो ।
सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ९९ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय माग गरिएको छ । त्यस्तै सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण