रमाउन नसक्नेले राजनीति नगर्दा हुन्छ : कोइराला
पोखरा । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति रमाउनेहरूको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने मान्छेले राजनीति गर्न नहुने सुझाएका हुन् ।
‘जो रमाउन सक्दैन, त्यसले राजनीति नगरे हुन्छ,’ उनले भने, ‘म चाहिँ आजकल रमाइरहेको छु । किनभने सोच्छु एउटा कुरा हुन्छ अर्कै कुरा ।’
कोइरालाले राजनीति कहिल्यै आफ्नो बसमा नहुने बताएका छन् । डाक्टरी पढेर पनि राजनीतिमा आएका उनले मेडिकल क्षेत्र आफ्नो कन्ट्रोलमा भएजस्तो राजनीति कन्ट्रोलबाहिर हुने बताएका हुन् ।
‘मेडिकल आफ्नो कन्ट्रोलमा हुन्छ । तपाईँले बिरामीको पीडा हरण गरिदिनुहुन्छ,’ उनले भने ‘तर राजनीति कहिल्यै तपाईंको हातमा हुँदैन । सोचेको हुन्छ एउटा कुरा, भइदिन्छ अर्कै कुरा ।’
पोखरामा बिपी चिन्तन प्रतिष्ठान गण्डकीले आयोजना गरेको नेपालमा कृषि क्रान्ति: सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालमा कृषिको राम्रो सम्भावना भएपनि उचित उपयोग गर्न नसकिएको बताए ।
‘नेपालको पहिलो सम्भावना हो पर्यटन, कोभिड १९ का कारण घट्यो । दोस्रो हो हाइड्रो, त्यसमा काम भइरहेको छ । तेस्रो कृषि नै हो । नेपालमा कृषिको धेरै सम्भावना छ’, उनले भने ।
१७ लाख हेक्टर खेतीयोग्य जमिन नेपालमा भएको भन्दै उनले उन्नत उत्पादन गर्न सके ३० करोड जनतालाई खाद्यान्न पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण