सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला राधाकृष्ण शुक्रबारदेखि प्रसारण हुने

बिहीबार, २७ भदौ २०८१, १९ : ३१
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रसारणमा आउने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच सो जानकारी गराइएको हो । 

टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले हरेक हप्ताको शुक्रबार साँझ ७ बजे बल्छी धुर्वे युट्युबमा टेलिश्रृंखला प्रसारण हुने जानकारी दिए । कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताए ।  जनयुद्धकै कारणले स्वतन्त्र रूपमा बोल्ने अधिकार पाएको भन्दै उनले समाजमा परिवर्तन ल्याएको पनि जनयुद्धले नै भएको बताए । उनले बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नराख्न समेत आग्रह गरे । 

उनले भने, ‘राधाकृष्णले हामीले १० वर्षसम्म भोगेको जनयुद्ध । हामी यसरी बोल्न पाएको जनयुद्धकै कारणले हो जस्तो मलाई लाग्छ । समाजमा ठुलो परिवर्तन गरेको छ । त्यो अवस्थामा के भएको थियो । कस्ता घटना भएका थिए । समाजलाई कहाँसम्म लगेको थियो भन्नेबारेमा हुन्छ ।’

उनले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धका घटनालाई देखाइने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप