सांस्कृतिक कार्यक्रमहरूमा राजनीतिक गन्ध आउनु हुँदैन : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरूमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उपप्रमुख डंगोलले सांस्कृतिक कार्यक्रमहरूमा कुसंस्कारका पक्षहरूको गन्ध आउन नहुने पनि उल्लेख गरिन् । उनले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताइन् । उनले सांस्कृतिक पर्वहरूमा सबैजना रमाउने र खुसी हुने पर्व भएको बताइन् ।
उनले भनिन्, ‘सांस्कृतिक कार्यक्रमहरूमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरूको गन्ध आउनु हुँदैन । त्यसलाई न्यूनीकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ ।’
उपप्रमुख डंगोलले रमाउन र खुसी हुने वातावरण बनाउनका लागि काठमाडौँ महानगरपालिका सरोकारवाला निकायहरूसँग नजिकबाट नै काम गरिरहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण