वर्षासँगै चलेको हावाहुरीले धानबाली सोतर
शुक्रबार, २८ भदौ २०८१, ०८ : ५२
धनगढी । बिहीबार रातिदेखि अविरल भइरहेको वर्षासँगै चलेको हावाहुरीले सुदूरपश्चिमको विभिन्न जिल्लाका धानबालीमा नोक्सान पुर्याएको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षासँगै चलेको हावाहुरीले धानबाली नोक्सानी भएको हो ।
पसाउन लागेको धान हावाहुरीले सोतर पारेपछि किसानहरू चिन्तित बनेका छन् । कैलाली गाउँपालिका ६ बेनौलीका स्थानीय बलबहादुर चौधरीले भर्खरै पसाउन थालेको १० कट्ठा बढी जमिनमा रोपिएको धान सोतर परेको बताए ।
हावाहुरीसँगै निरन्तर वर्षा समेत भइरहेकोले कैलाली र कञ्चनपुरमा डुबानको समेत त्रास बढेको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण