लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, २८ भदौ २०८१, ०९ : ०५
बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३१ औँ बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस गर्नेछन् ।
यस्तै मुख्यमन्त्री आचार्यले ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस भई निर्माणार्थ प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
अघिल्लो प्रदेश मन्त्रिपरिषद् बैठकले निजामती सेवा ऐन २०८० लाई संशोधन प्रस्ताव स्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण