नेपालबाट अस्कर अवार्डमा ‘शाम्बाला’ जाने
शुक्रबार, २८ भदौ २०८१, ०९ : ५५
काठमाडौँ । फिल्म ‘शाम्बाला’ अस्कर अवार्डका लागि सिफारिस भएको छ । अस्करको नेपाल छनोट समितिले आवेदन दिने अन्तिम मिति बिहीबारसम्म यस फिल्मले मात्र आवेदन दिएकोले यसै फिल्म सहभागी हुने समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले जानकारी दिए ।
फिल्मले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्नेछ । ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।
नेपालको छनोट समितिले फिल्मलाई नोेभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औँ अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदै छ ।
मीन बहादुर भाम निर्देशित फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ । फिल्म आज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण