लगानी बोर्डमा ज्ञवालीले थाले काम
शुक्रबार, २८ भदौ २०८१, २२ : ३८
काठमाडौँ । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । ज्ञवालीले शुक्रबार पदभार ग्रहण गर्दै काम थालेका हुन् ।
सीईओ ज्ञवालीले पदभार ग्रहण गर्दै रणनीतिक लगानीलाई समयसीमा भित्र सफल बनाउन राजनीतिक देखि संस्थागत तहसम्मको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए ।
ज्ञवालीलाई लगानी बोर्डका पदाधिकारीहरुले स्वागत गरेका थिए । उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
उनले यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण