आँचलले छोडिन् ‘पीताम्बर’
काठमाडौँ । अभिनेत्री आँचल शर्मा फिल्म ‘पीताम्बर’बाट अलग भएकी छन् । फिल्मको छायाङ्कन सेडुल जुधेको कारण आफूले अभिनय गर्न नभ्याउने भन्दै उनले फिल्म छोडेकी हुन् ।
आँचल अहिले फिल्म ‘दुःखी आत्मा’को छायाङ्कनमा छिन् । फिल्म ‘पीताम्बर’ अहिले छायाङ्कनमा छ । एकै समय दुई फिल्मको छायाङ्कन सम्भव नभएकोले ‘पीताम्बर’बाट आफू अलग भएको आँचलले बताइन् ।
‘पहिले फिल्मको छायाङ्कन एकै समय हुने कुरो थिएन । त्यसैले जोडिएको थिए’, आँचलले भनिन् ‘कुनै पनि युनिटलाई अप्ठ्यारो नहोस् भनेर ‘पीताम्बर’ छोडेकी हुँ ।’
‘पीताम्बर’बाट आँचल बाहिरिएपछि उनको ठाउँमा अभिनेत्री दिव्या रायमाझी भित्रिने चर्चा छ । दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिने बताइन्छ ।
दीब्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । दिव्याले फिल्म ‘एक्टर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । ‘पीताम्बर’ले आगामी कात्तिक १५ (लक्ष्मीपूजा) प्रदर्शन मितिको रूपमा सार्वजनिक गरेको छ ।आँचल ‘दुःखी आत्मा’पछि फिल्म ‘जेरी अन टप’को छायाङ्कनमा जुट्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण