‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताएका छन् । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६० औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा उनले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका विकृति, विसङ्गति, लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा कुप्रथा अन्त्यका लागि जागरण अभियान चलाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले समाजलाई सुसंस्कृत बनाउन स्काउटका स्यवंसेवकहरूलाई आग्रह गर्दै स्काउटको विस्तार र विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा आउने प्राकृतिक विपद्, आगलागीलगायत घटनाका समयमा जनधनको संरक्षण गर्न योगदान पुर्याउन आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयलाई विद्यालय वरिपरि धुम्रपान, मदिराको बिक्री वितरण रोक्न आवश्यक अनुगमनका लागि निर्देशनसमेत दिए । सरकारले दुई/तीन वर्षभित्र नमूना प्रदेश बनाउन उद्योग र कृषि उत्पादनमा वृद्धि तथा निर्यात प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मन, वचन र कर्मले राष्ट्र निर्माणमा जुट्न आग्रह गर्दै विद्यालयको शैक्षिक वातावरण राम्रो बनाउन आवश्यक योजनाका साथ अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा स्काउटका बालबालिकाले मुख्यमन्त्री कार्कीलाई विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका स्काउटमा आबद्ध बालबालिकाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण