चेल्सी–बर्नमाउथ खेल : तोडियो प्रिमियर लिगमा पहेँलो कार्डको कीर्तिमान
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार विहान सम्पन्न रोमाञ्चक खेलमा चेल्सीले महत्वपूर्ण जित हासिल ग¥यो । चेल्सीले आफ्नो पछिल्लो खेलमा बर्नमाउथलाई १–० गोलले पराजित गरेको हो ।
त्यो खेलले प्रिमियर लिगको इतिहाहसमा एउटा कीर्तिमान पनि बनायो । त्यो सुखद कीर्तिमान भने थिएन । प्राविधिक र कलात्मकभन्दा पनि बढी शारीरिक घम्साघम्सी बढी देखिएको त्यो खेलमा पहेँलो कार्डको वर्षा भएको थियो ।
खेलका क्रममा दुबै टोलीका खेलाडीले एकपछि अर्को ‘फल’ खेलेपछि रेफ्री एन्थोनी टेलरले १४ वटा पहेँलो कार्ड प्रयोग गर्नु परेको थियो । प्रिमियर लिग फुटबलको इतिहासमा एउटै खेलमा यसअघि यति धेरै पहेँलो कार्ड प्रयोग भएको थिएन ।
बर्नमाउथको घरेलु मैदानमा खेलिएको उक्त खेलमा चेल्सीले बढी पहेँलो कार्ड पाएको थियो । खेलका क्रममा चेल्सीले आठ र बर्नमाउथले ६ वटा पहेँलो कार्ड पाएका थिए । यसअघि प्रिमियर लिगको इतिहासमा एउटै खेलमा १३ वटासम्म पहेँलो कार्ड प्रयोग भएको थियो ।
खेलका क्रममा दुबै टोलीबाट २५ वटा ‘फल’ खेलिएको थियो । यद्दपि, रेफ्री टेलरले १४ वटा कार्डमात्र प्रयोग गरेका थिए । खेलका क्रममा बर्नमाउथले एउटा पेनाल्टी प्रहारको अवसरसमेत पाएको थियो । तर, बर्नमाउथले त्यसलाई सदुपयोग गर्न सकेन ।
चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजले समेत पहेँलो कार्ड पाएका थिए । यसअघि गत सिजन खेलिएको टोट्टनहाम र सेफिल्ड युनाइटेडबिचको खेलमा १३ वटा पहेँलो कार्ड प्रयोग भएको थियो । उक्त खेलमा टोट्टनहाहम २–१ गोलले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण