बेलायती फुटबललाई प्रतिबन्ध लगाउने युरोपेली फुटबल महासंघको चेतावनी
काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले बेलायती सरकारलाई आफूअन्तर्गत सञ्चालित प्रतियोगिताहरू खेल्नबाट प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आफ्ना नियमहरूलाई उल्लङ्घन गर्दै गएमा बेलायतले प्रतिबन्धको सामना गर्नु पर्ने यूईएफएले जनाएको छ ।
दी टेलिग्राफका अनुसार, यूईएफएले बेलायती सरकारलाई पत्र पठाउँदै यस्तो चेतावनी दिएको हो । यूईएफएका महासचिव थिओडोर थिओडेरिसले बेलायतका संस्कृति सचिव लिसा नान्डीलाई पठाएको पत्रमा भनिएको छ, ‘फुटबलको आफ्नै नियम–कानुन छ र यसमा सरकारी हस्तक्षेप हुनुहुँदैन ।’
यूईएफएले राष्ट्रिय फुटबल सङ्घमाथिको अनावश्यक हस्तक्षेप पनि आफ्ना लागि सह्य नहुने चेतावनी दिएको छ । पछिल्लो समय बेलायती सरकारले चालेको केही कदम आफ्नो नियम विपरीत रहेको यूईएफएले जनाएको छ ।
यूईएफएले आफ्नो चेतावनीलाई बेवास्ता गरे बेलायतले सन् २०२८ को युरो कप आयोजनाको अधिकार समेत गुमाउनु पर्ने चेतावनी पनि दिएको छ । बेलायतका प्रधानमन्त्री केयर स्टारले अगाडि सारेका केही योजना यूईएफएको नियम विपरीत रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण